ताजा समाचार

काठमाडौंसहित विभिन्न जिल्लामा २७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नोभेल कोरोना भाइरसका २७ संक्रमित थपिएका छन् ।

उनीहरुमा २४ पुरुष र तीन महिला रहेका छन् ।

मंगलबार कोरोना देखिनेमा काठमाडौंमा तीन, झापामा ९ जना, कपिलवस्तुका ४ र सर्लाहीका २ जना, मोरङ, सुनसरी, भक्तपुर, मकवानपुर, रामेछाप, सिन्धुली, ललितपुर, लमजुङ र नवलपरासीमा एक-एकजनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिनेमा १७ देखि ४२ वर्षसम्मका रहेका छन् ।

सोमबार एकैदिन ८० जनामा कोरोना पुष्टि भएको थियो । हालसम्म कोरोना संक्रमणको उपचारपछि ३७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण देखिने जिल्ला ३६ पुगेको उनले बताए । हालसम्म जम्मा संक्रमितको संख्या ४०२ पुगेको छ ।

हालसम्म पीसीआर विधिबाट ३२ हजार ६०४ जनाको कोरोना परीक्षण गरिएको छ भने आररडीबाट ७४ हजारभन्दा ६४९ पुगेको छ ।  हालसम्म ४५७ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा दुई हजार २८० जनाको कोरोना पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको डा. देवकोटाले बताए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको काठमाडौं उपत्यकामा गरिएको गोगंमा गरिएका पीसीआर परीक्षणको रिर्पोट आउन बाँकी रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org