ताजा समाचार

काठमाडौंमा दुईजना प्रहरीमा देखियो कोरोना

काठमाडौं । काठमाडौंमा दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

कालीमाटी वृत्तमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको रिपोर्ट राति अबेर आएपछि अहिले सशस्त्र प्रहरीको कोरोना अस्पताल बलम्बुमा लगेर आइसोलेसनमा राखिएको छ ।
कालीमाटी वृत्तमा करिब ९० जना प्रहरी रहेको र बाँकी प्रहरीको आज पीसीआर टेष्ट गराउने तयारी भइरहेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले पनि दुईजना प्रहरीमा कोरोना देखिएको पुष्टि गर्दै आइसोलेसनमा राखिएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org