ताजा समाचार

कालीमाटी वृत्त र ट्राफिक प्रभागका १४५ प्रहरी क्‍वारेन्टाइनमा

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रभित्र रहेको महानगरीय ट्राफिक प्रभागका १४५ प्रहरीलाई क्‍वारेन्टाइनमा राखिएको छ ।

कालीमाटी वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना भाइरसको संक्रण देखिएपछि त्यहाँ कार्यरत सबैलाई क्‍वारेन्टाइनमा राखिएको हो । गएराति मात्रै दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूको सशस्त्र प्रहरी बलको कोभिड अस्पतालको आइसोलेसनमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

कालीमाटी वृत्तमा डीएसपीको कमान्डमा ९१ जना र ट्राफिक प्रभागमा इन्सपेक्टरको कमान्डमा ५४ जना कार्यरत छन् । महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीम ढकालले सँगसँगै ड्युटीमा खटिने प्रहरीलाई संक्रमण भएपछि जाँचको रिपोर्ट नआएसम्म ट्राफिक प्रहरी पनि क्‍वारेन्टाइनमै रहने बताए । वृत्त र प्रभागले वहन गर्दै आएको जिम्मेवारी अन्य प्रहरी युनिटले गर्नेछन् । वृत्त र ट्राफिक प्रभागसमेत सिल गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org