ताजा समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो

काठमाडाैँ । नेपालमा थप १९ जनामा कोरोना पुष्टि भएको छ।

आइतबार दिउँसो काठमाडौँका १ सहित थप १९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप १९ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताए।

आइतबार देखिएका संक्रमितमा मोरङ बाह्रदसी ३ का ४५ वर्षीय पुरुष, बारा कलैयाका ३२ वर्षीय पुरुष, पर्सा वीरगन्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साको नागवाका ६० वर्षीय पुरुष, रौटहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुष,रुपन्देहीका सम्मारीमाइका ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुष, काठमाडौँ सोस्रहखुट्टेका ७९ वर्षीय पुरुष, नुवाकोट ककानीका ३९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

त्यस्तै प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडाहवाका गाउँपालिका २३, ३०, ४० वर्षीय पुरुष, कपिलबस्तु खैराती ३ का ३५, ३७, ५२ वर्षीय पुरुष र गुल्मीको मदानेका ३१ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ देखिएको हो।

भैरहवामा परीक्षण गरिएका रुपन्देहीका ३, कपिलवस्तुका ३ र गुल्मी मदानेका १ जनाकाे बारेकाे जानकारी भने भैरहवा प्रयाेगशालाले हिजाे पनि सार्वजनिक गरेकाे थियाे।

कुल ६०३ संक्रमितमध्ये ५२४ पुरुष र ८९ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। उनले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य सुरु भएको जानकारी दिए।

संक्रमितमध्ये हालसम्म उपचारपछि निको भएर ८७ जना डिस्चार्ज भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org