ताजा समाचार

भेरी नदीमा हराएका तीन युवा खोज्न गोताखोर परिचालन

काठमाडाैँ । भेरी नदीमा हराएका जाजरकोटका तीन युवाको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोर परिचालन गरेको छ।

सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्मबाट डीएसपीको कमान्डमा ४ जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल ४७ नं गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को कमान्डमा ४ जना बिपद ब्यबस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन गरिएको हो।

शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा तीन जनाको शव फेला परे पनि तीन जना अझै बेपत्ता छन्।

बेपत्ता हुनेमा भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार र गोविन्द शाही, वडा नं ४ का सन्दीप विक रहेका छन्। भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ।

शनिबार चौरजहारीमा केटी भगाउन गएका जाजरकोटका युवालाई स्थानीयले लखेट्दै नदीमा पु¥याएका थिए। भाग्ने क्रममा बेपत्ता तीन जनाको शव भेटिएको छ भने तीन जना अझै बेपत्ता छन्।

रुकुम प्रहरीले प्रहरी निरीक्षक कवि रोकाको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ। युवती, उनका बाबाआमा र चौरजहारी ८ का वडाध्यक्षसहित १२ जना पक्राउ परिसकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org