नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ह्वात्तै बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबारसम्म कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ। बुधबार मात्रै ११४ जना कोरोना संक्रमित थपिएका थिए। मंगलबार ९० जना कोरोना संक्रमित थपिएका थिए। भारतले रेल सेवा खुलाएर परीक्षण नै नगरी नेपालीलाई सीमा क्षेत्रमा ल्याइ छाडिदिन थालेपछि नेपालमा तीन दिनयता संक्रमितको संख्या तीव्र गतिमा बढेको हो।
देवकोटका अनुसार थपिएका ११४ जना नयाँ संक्रमितमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा गरिएको परीक्षणमा २ जना नयाँ संक्रमित रहेका छन्। उनीहरु सप्तरी जिल्लाका रहेका छन्। कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २५ जना संक्रमित भेटिएका छन्। उनीहरु सबै झापाका रहेका छन्। उनीहरु झापाको कचनाकवल गाउँपालिकाका बासिन्दा हुन्। योसँगै झापामा संक्रमितको संख्या ७९ पुगेको छ। भरतपुर अस्पतालमा गरिएको परीक्षणमा एकजना संक्रमित भेटिएका छन्।
उनी नवलपुरका बासिन्दा हुन्। काठमाडौंस्थित जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा धनुषमा २९ जना, महोत्तरीका १७ जनासहित ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहीँ गरिएको परीक्षणमा रौतहटका तीनजनामा पनि कोरोना पुष्टि भएको छ। त्यस्तै सप्तरीका १२ जनमा पनि कोरोना देखिएको छ। त्यसैगरि सर्लाहीका ७ जना र सिरहाका ६ जनामा पनि कोरोना देखिएको छ। दोलखाका दुईजनामा पनि कोरोना देखिएको छ। सोलुखुम्बुका एकजना पुरुषमा पनि कोरोना देखिएको छ। प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा कोरोना देखिएको छ।
जसमा १३ जना संक्रमित सुर्खेतका रहेका छन्। त्यसैगरी दैलेखमा ८ जनामा कोरोना देखिएको छ। बझाङका एकजनामा पनि कोरोना पुष्टि भएको छ। प्रादेशिक अस्पतालमा कास्कीमा गरिएको परीक्षणमा स्याङजाका तीनजनामा कोरोना देखिएको छ। सेती अस्पतालमा धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका एकजना र कैलालीका दुईजनामा कोरोना देखिएको छ। त्यस्तै हेटौँडाको कीटजन्य प्रयोगशलामा गरिएको परीक्षणमा १ जना संक्रमित भेटिएका छन्।
भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका तीनजना र बाँकेका एकजनामा कोरोना देखिएको छ। धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै संक्रमितको संख्या १०४२ पुगेको छ। जसमा पुरुष ९४० जना र महिला १०२ जना रहेका छन्। कोरोना संक्रमितको संख्या बढेसँगै मृतकको संख्या पनि ५ पुगेको छ। बुधबारसम्म १८७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। पछिल्लो पटक पर्साका चारजना संक्रमित निको भएर घर फर्किएका छन्। बुधबार साँझ ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको थियो।
Comments
अरु समाचार
-
आज सुनको मूल्य बढ्यो
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा...
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...