ताजा समाचार

शुक्रबार मात्रै थपिए १७० जना कोरोना संक्रमित, संक्रमितको संख्या १२१२

काठमाडाैँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार मात्रै १७० कोरोना संक्रमित थपिएका छन्।  प्रवक्ता देवकोटाका अनुसार १७० जना थपिएसँगै देशभर संक्रमितको संख्या १२१२ पुगेको छ। उनका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा गरिएको परीक्षणमा सप्तरी राजबिराजका ४ जना नयाँ संक्रमित रहेका छन्। त्यहीँ भएको परीक्षणमा झापाको भद्रपुरका ३४ वर्षीय पुरुष पनि संक्रमित पाइएका छन्।

कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २८ जना संक्रमित भेटिएका छन्। उनीहरु सबै झापाका रहेका छन्।  नारायणी अस्पतालमा गरिएको परीक्षणमा ९ जनालाई संक्रमण देखिएको छ। उनीहरु बारा र पर्साका रहेका छन्। पाटन अस्पतालमा गरिएको परीक्षणमा एकजनालाई कोरोना पुष्टि भएको छ। उनी ३१ वर्षीय पुरुष छन्।  गण्डकी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा एकजनालाई कोरोना पुष्टि भएको छ। उनी म्याग्दीको मालिकाका पुरुष हुन्। भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जनालाई कोरोना पुष्टि भएको छ। उनीहरु बाँके डुढुवाका १० जना पुरुष रहेका छन्।

चितवनको भरतपुर  अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि भएको छ। उनीहरुमा कपिलवस्तुका ४ जना र नवलपरासीका २ जना रहेका छन्।  काठमाडौंस्थित जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा ८४ जनाको पोजेटिभ रिपोर्ट आएको छ। देवकोटाका अनुसार कपिलवस्तुको भृकुटी माविको क्वारेन्टाइमा बसेका २४ जनामा कोरोना देखिएको हो।  त्यहीँ गरिएको परीक्षणमा जनता मावि डुमरिया रौतहटको क्‍वारेन्टाइनमा बसेका ५६ जनामा कोरोना देखिएको छ। त्यस्तै सर्लाहीको मलंगवाका ४ जनामा संक्रमण पुष्टि भएको छ। रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना कोरोना पुष्टि भएको छ। जसमा कपिलवस्तुका एउटा स्कुलको क्‍वारेन्टाइनमा बसेका १५ जना छन्।

त्यस्तै रुपन्देहीका १ जनामा पनि कोरोना देखिएको छ।  राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ। त्यहाँ गरिएको परीक्षणमा कोरोना देखिनेमा कपिलवस्तुको विजयनगरका ९ जना रहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org