ताजा समाचार

काठमाडौं मेडिकल कलेजको आकस्मिकसहित सबै सेवा अनिश्‍चितकालका लागि बन्द

काठमाडौं। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले आकस्मिक लगायत सबै सेवा अनिश्‍चितकालको लागि बन्द गरेको छ।

अस्पतालले सूचना प्रकाशन गरेर सेवा बन्द गरिएको जानकारी गराएको हो।

काठमाडौं मेडिकल कलेजमा उपचाररत् दुईजना बिरामी र दुई जना स्वास्थ्यकर्मीहरूमा कोभिड-१९ पुष्टि भएपछि अस्पतालको आकस्मिक कक्ष र अन्य विभागहरू निर्मलीकरण गर्नका लागि सेवा बन्द गरिएको अस्पतालले बताएको छ।

“अस्पतालमा उपचारार्थ आएका दुईजना बिरामी तथा दुईजना स्वास्थ्यकर्मीहरूलाई कोभिड पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका दृष्टिले हाललाई यस अस्पतालबाट प्रवाहरत आकस्मिक लगायत विभागहरूमा निर्मलीकरण गर्नुपर्ने भएकोले सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशित नभइन्जेलसम्मको लागि स्थगित गरिएको छ”, अस्पतालले जारी गरिएको सूचनामा भनिएको छ।

सूचनामा अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. मुकुन्दराज जोशीको हस्ताक्षर छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org