ताजा समाचार

व्यवसायीले लकडाउन अवज्ञा गरेपछी उपत्यकाका तीनवटै प्रशासनको आकस्मिक बैठक

काठमाडौँ  । उद्योगी/व्यवसायीहरुले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि परिस्थिति नियन्त्रणमा लिन उपत्यकाभित्रका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त रुपमा आकस्मिक बैठक बसेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन, सुरक्षा निकाय तथा स्थानीय निकायका पदाधिकारीलगायतको उपस्थितिमा बसेको आकस्मिक बैठकमा लकडाउन व्यवस्थित बनाउने विषयमा छलफल भइरहेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) जनकराज दाहालले तीनवटै जिल्ला प्रशासन तथाअन्तर्गतका सुरक्षा निकायको संयुक्त बैठकले लकडाउन कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको बताए ।

बैठकस्थलबाट प्रजिअ दाहालले कान्तिपुरसँग भने, ‘व्यवसायीहरुले लकडाउन अवज्ञा गर्ने भन्नु भएको छ, यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ, तर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा तीनवटै जिल्लाका प्रशासन, सुरक्षा निकाय, जिल्ला समन्वय समिति, स्थानीयतहलगायत मिलेर एउटा समाधानको बाटो खोज्छौं, यस विषयमा छलफल जारी छ ।’

प्रजिअ दाहालले शैक्षिक संस्था, होटल तथा पार्टी प्यालेस, सार्वजनिक यातायात/सनेमा हल, सार्वजनिक भेला सम्मेलनलगायतलाई पूर्ण रुपमा नियन्त्रण गरेर बाँकी क्षेत्र नियन्त्रित ढंगले सुचारु गर्ने सम्वन्धमा छलफल जारी रहेको बताए । यस विषयमा केन्द्रित भएर जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर निष्कर्षमा पुग्ने उनले बताए ।

लकडाउनले जनजीवन कठिन बनाएको भन्दै बिहीबारदेखि मुलुकका विभिन्‍न ठाउँहरुमा पसलहरु खुल्न थालेका छन् । बिहीबार काठमाडौंको न्युरोडमा रहेका केही पसलहरु पनि खुलेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org