ताजा समाचार

लकडाउन तत्कालै नखोल्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै लकडाउन नखोल्न निर्देशन दिएका छन्।

बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा उनले यस्तो बताएका हुन्।  बैठकमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिँदै गएकाले अहिले तत्कालै लकडाउने खोल्ने दिशातर्फ कुनै पनि कदम नचाल्न प्रधानममन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले बैठकमा लकडाउन र कोरोनाको जोखिमबारेमा फेरि एक दुई दिनमै छलफल गरेर समीक्षा गर्नुपर्ने बताउँदै अहिलेलाई लकडाउन यथावत राख्‍न भनेका हुन्। त्यही अनुसार उच्चस्तरीय समितिले दुई दिनभित्रमा लकडाउन खुकुलो बनाउने कार्ययोजना तयार गर्ने भएको छ।

एकजना मन्त्रीका अनुसार लकडाउन, कोरोना संकट, रोकथामका लागि भएका पहल र यसले पारेका विभिन्‍न प्रभावका पाटाहरुबारेमा बैठकमा विस्तृत छलफल भएको थियो। प्रधानमन्त्रीले बुधबार मात्रै देशका विभिन्‍न क्षेत्रका २५ जना विज्ञहरुसँग यसबारेमा छलफल गरेका थिए।  बैठकमा मन्त्रीहरुले लकडाउन खुकुलो पार्नुपर्ने बताएका थिए।

जनदबाब बढ्दै गएको र संकट पनि चुलिएको बताउँदै उनीहरुले लकडाउन खोल्नुपर्ने मत राखेपछि प्रधानमन्त्रीले एकदुई दिनमा यसबारेमा निर्णय गर्न सकिने बताएका हुन्। बुधबार विज्ञहरुसँग भएको छलफल अनुसार मन्त्रिपरिषद बैठकले विभिन्‍न क्षेत्रबाट लिइएको रायलाई पनि समेटेर लकडाउनको कार्यान्वयनबारे निर्णय गरिने भएको छ। कोरोना फैलिएका र नफैलिएका ठाउँहरुको पहिचान र मूल्यांकन गरेर लकडाउनलाई कडा र खुकुलो बनाउने जिम्मेवारी मन्त्रिपरिषद्ले उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org