ताजा समाचार

पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ३२३ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्मा आज मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ३२३ जनामा देखिएको बताए ।

उनले कोरोना भाइरसको संक्रमण देखिएकामा २८६ जना पुरुष र ३७ जना महिला रहेको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना निको भएर ३२ जना घर फर्किएका छन् । कुल कोरोना निको हुनेको संख्या ३६५ जना पुगेकाे बताए ।

हालसम्म कोरोना भाइरसको आंशकामा पीसीआर विधिबाट ९२ हजार ४७७ वटा नमुना संकलन गरेर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १११ वटा नमुना संकलन गरेर परीक्षण गरिएको मन्त्रालयको भनाइ छ । हाल सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख ६८ हजार ३८ जना रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org