ताजा समाचार

नेपालको झण्डा फहराएर जनकपुर-जयनगर रेल चलाइन्छ- मन्त्री नेम्बाङ

काठमाडौं।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले आगामी आर्थिक वर्षमा नेपालको झण्डा फहराएर जनकपुर जयनगर रेल चलाइने बताएका छन्।

संसदमा बिनियोजन बजेटमाथि मन्त्रालयगत छलफलमा उठेका प्रश्नको सांसदहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

‘नेपालको झण्डा फहराएर जनकपुर जयनगर रेल चलाइने छ,’ उनले भने, ‘त्यसको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ।’

उनले कोरोना महामारीका कारण देशको बजेट नै घटेको बताउँदै सांसदहरुले माग गरे अनुसार योजनाहरुमा बजेट हाल्न नसकिएको स्वीकार गरे।

‘विश्व व्यापी फैलिएको कोरोना महमारीले यो मन्त्रालयको करिब २२ अरबले न्यून बजेट छ,’ उनले भने, ‘यस्तो अवस्थामा प्रादेशिक सन्तुलन गरिएको छ। ख्याल मात्रै होइन बजेट सन्तुलन वितरण गरिएको छ। माननीय सदस्यहरुको माग बमोजिम योजना समेट्न सकिएको छैन। आगामी वर्ष यसलाई समेटिनेछ।’

उनले ८० वटा राजमार्गलाई निरन्तरता दिँदै पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने काम अघि बढाउन बजेटको व्यवस्था गरिएको पनि बताए।

उनले सडक सुरक्षा ऐन संसदमा पेश गर्न तयारी अवस्थामा रहेको पनि जानकारी गराए। निर्वाचन क्षेत्रमा रणनीतिक सडक निर्माण कार्य सुरु गरेर समानुपातिक विकासको थालनी गरेको पनि बताए। उनले काठमाडौं उपत्यका भित्र फ्लाइ ओभर निर्माणको काम अघि बढाइने पनि बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org