ताजा समाचार

पछिल्लो २४ घण्टामा ३१४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

काठमाडाैँ ।

काठमाडौं । नोभेल कोरोना भाइरसका ३१४ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३१४ कोरोना भाइरस संक्रमित थपिएका हुन् । नयाँ कोरोना संक्रमितमध्ये २९४ पुरुष रहेका छन् भने २०  महिला रहेका छन् ।  कुल कोरोना संक्रमतिको संख्या ३ हजार ७६२ पुगेको उनले बताए ।

स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएको प्रवक्ता गौतमले बताए । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना निको भएर घर फर्किएका छन् । यससँगै कुल निको हुनेको संख्या ४८८ पुगेको छ । जसमध्ये ४१९ जना पुरुष र ६९ जना महिला रहेको प्रवक्ता गौतमले बताए ।

सोमबार देशभर १ लाख ६६ हजार ६६८ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसेलेसनमा रहने बिरामीको संख्या ३ हजार २६० रहेको छ ।

हाल सम्म कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएको छ भने १ लाख ५६ हजार ९९१ आरडीटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७६६ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने आरडीटी परीक्षण ११ हजार ९४२ जनाको गरी कुल १६ हजार ७०८ वटा परीक्षण भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org