ताजा समाचार

संविधान संशोधन प्रस्ताव पेस, छलफल सुरू

काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि छलफल सुरू भएको छ ।

प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री  डा.शिवमाया तुम्बाहाङ्फले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

संशोधन प्रस्ताव पेस भएलगत्तै सभामुख अग्नि सापकोटाले छलफल अघि बढाएका हुन् । नेकपा सांसद कृष्णभक्त पोख्रेलले प्रस्तावको स्वागत गरेका छन् । उनले भारतले नेपालको भूमि कालापानीमा सेना राखेको भन्दै नेपालको स्वाधिनतामाथिको प्रहार भएको बताए ।  अहिले सो विधेयकमाथिको सैद्धान्तिक छलफल जारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org