ताजा समाचार

प्रदर्शनप्रति सरकारको ध्यानाकर्षण : अवस्था सामान्य छैन, कोरोनाले महामारीको रुप लिन्छ

काठमाडाैँ । पछिल्ला दिनमा भइरहेका प्रदर्शनप्रति सरकारले ध्यानाकर्षण भएको जनाएको छ ।

कोभिड– १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार प्रेस वक्तव्य जारी गरी ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनले भनेका छन्, ‘विभिन्न मागहरु राखी भइरहेका सार्वजनिक गतिविधिहरुप्रति नेपाल सरकार, कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सिसिएमसी), निर्देशक समितिको गंभीर ध्यानाकर्षण भएको छ ।

आफ्ना मागहरु राखी शान्तिपूर्ण रुपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भए पनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको र हामीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गंभीर र संवेदनशील हुन विशेष आग्रह गर्न चाहन्छौँ ।

लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै जनजीवनलाई सहज अवस्थामा फर्काउने निर्णय भइसकेको परिप्रेक्ष्यमा सामाजिक दूरीलाई कायम राख्नु र संक्रमणको जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु हामी सबैको दायित्व हो ।’

उनले कोरोना संक्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील बन्न आग्रहसमेत गरेका छन् ।

उनले भनेका छन् ‘थोरै पनि असावधानीले संक्रमणले भयावह महामारीको रूप लिन सक्ने खतराप्रति सजग हुन सबैमा आह्वान गर्दछौँ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org