विदेशबाट घर फर्काउने केही उडान अनिश्चित केही स्थगन
काठमाडाैँ । कोभिड १९ का कारण युएईमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई स्वदेश फर्काउन तय गरिएको नेपाल एयरलाईन्सको पहिलो २ उडान अनिश्चित बनेको छ ।
युएईको दुवई अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार र बिहिबार हुने भनिएको उडान रद्द भएको सूचना दूतावासले जारी गरेर एकैछिनमा हटाएपछि घर फर्किन हैसिएका नेपालीहरू निराश बनेका छन् ।
दूतावासले प्राविधिक कारण देखाउँदै असार २ र ४ गते हुने भनिएको उडान रद्द भएको सूचना जारी गरेको थियो । आईतबार साँझ जारी गरिएको उक्त सूचना केही मिनेटमै दूतावासको फेसबुक पेजबाट हटाईएको थियो ।
नेपाली दूतावास युएईकी नियोग उपप्रमुख एवं प्रवक्ता रिता धितालले प्राविधिक त्रुटिका कारण त्यस्तो सूचना सार्वजनिक भएको बताउँदै अहिलेसम्म उडान रद्द नभएको बताईन । धितालले भनिन्, ‘दूतावासले प्राथमिकतामा परेका नेपालीहरूलाई तोकिएकै मितिमा उडाउने कोशिश गरिरहेको छ ।’ यद्यपि प्राविधिक कारणले मंगलबारको उडान अनिश्चित बनेको स्विकार्दै धितालले आज विज्ञप्ति निकालेर यस विषयमा स्पष्ट पार्ने जानकारी दिईन ।
यस अघि असार ३ गते बहराईनदेखि हुने भनिएको उडान समेत स्थगन भएको थियो । उक्त उडान असार ७ गते हुने बहराईन स्थित नेपाली दूतावासले जनाएको छ । यस्तै आज साउदीको दमामबाट हुने भनिएको हिमालय एयरलाईन्सको पहिलो उडान पनि रद्द भएको छ । रियादस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै आगामी उडानको बारेमा सूचना जारी गरेर जानकारी गराउने जनाएको छ ।
असार ६ र ९ गते युएईको राजधानी अबुधाबीबाट हिमालय एयरलाईन्सको ए ३२० न्यारो बडि विमानले उडान भर्दैछ । यी दुई उडानबाट करिब तीन सय नेपाली स्वदेश फर्कीने दूतावासले जनाएको छ । दूतावासबाट प्राथमिकतामा परेका यात्रुहरूको नाम उपलब्ध हुनासाथ टिकट बुकिङ खुला गर्ने हिमालय एयरलाईन्सकी सेल्स मेनेजर गिता बिष्टले बताईन ।
Comments
अरु समाचार
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...