ताजा समाचार

४५१ जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या ६२११ पुग्यो

काठमाडौं । देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणअनुसार सोमबार एकैदिन ४५१ कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले यसबारेको जानकारी दिएका हुन्। यससँगै नेपालमा कुल संक्रमितको संख्या ६२११ पुगेको छ। त्यसैगरी निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ पुगेको छ। पछिल्लो पटक गुल्मीको रेसुंगा नगरपालिकास्थित आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो। गौतमका अनुसार कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या पनि ७३ पुगेको छ। पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org