ताजा समाचार

७६ जिल्लामा कोरोना, सोमबार थपिए ५३५ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५३५ जना संक्रमित थपिएका छन्।

यससँगै कुल संक्रमितको संख्या ९ हजार पाँच सय ६१ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ७६ जिल्लामा कोरोना फैलिइसकेको छ। ७७ जिल्लामध्ये रसुवामा भने अहिलेसम्म कोरोनाका बिरामी भेटिएका छैनन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोसी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा ७ जना, गजेन्द्र नारायणसिंह प्रयोगशालामा ११ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा १३ जना जनामा कोरोना पोजेटिभ देखिएको छ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणमा २ सय ८३ जना, भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा २१ जना, धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा ४२ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको परीक्षणमा २० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा १ सय ३ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा १३ जनामा कोराना पोजेटिभ देखिएको छ।

आज पिसिआर विधिबाट ६ हजार १ सय ९८ जनाको परीक्षण भएको छ। आजसम्म जम्मा पीसीआर विधिबाट १ लाख ८१ हजार ३ सय ७१ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए। यस्तै, आरडिटी विधिबाट आज ५ हजार ९ सय २९ गरी २ लाख ६८ हजार १ सय ३ जनाको परीक्षण भएको छ। अहिले देशभरीका क्वारेन्टिनमा ९० हजार ७ सय ३० जना रहेका छन्। ७ हजार ७ सय ८९ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ। अहिलेसम्म कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या २ हजार १ सय ४२ पुगेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org