ताजा समाचार

शीर्ष नेतालाई शितल निवासमा राष्ट्रपतिको रात्री भोज

काठमाडाैँ । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्री भोज दिने भएकी छिन् ।

नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्री भोजका लागि निम्तो गरेकी हुन् ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्दसहित महन्थ ठाकुर लगायतका नेतालाई रात्री भोजमा निम्तो गरिएको स्रोतले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org