ताजा समाचार

स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीकाे गुनासाे: सरकारले राम्राे काम गर्दा पनि असहयाेग भयाे

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक बुधबारका लागि सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा पाँच एजेण्डामा छलफल भएको थियो। एक नेताका अनुसार बैठकमा दुई अध्यक्षले बोलेका थिए।

प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गर्दा पनि सहयोग नपाएको भनी गुनासो गरेका थिए भने अध्यक्ष प्रचण्डले सरकारबाट जन्तामा निराशा बढेको बताएका थिए।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अर्को बैठक शुक्रबार बस्नेछ।

‘कोरोनाको कारण कर्मचारीको बैठक र प्रोत्साहन भत्ता काट्यौ, अब प्रदेश तथा संघीय सांसदको पनि भत्ता नलिनका लागि अन्य दलहरुसँग समेत छलफल गर्ने लगायत विविध विषयहरु एजेण्डामा आएका छन्,’ श्रेष्ठले भने।

उनका अनुसार रुकुम चौरजहारीको हत्याकाण्ड, नागरिकता ऐन संशोधन लगायतका विषयमा पनि छलफल गर्न बैठकमा माग गरिएको छ।

वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्यबाट सुरु हुने सो बैठकमा सरकारको कामका सम्बन्धमा बहस हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका थिए।

सरकारको कामका सम्बन्धमा कोविड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा र सरकारका अन्य कामबारे छलफल हुने जानकारी दिइएको थियो।

त्यसैगरी पार्टी एकताका बाँकी कामहरु, एमसीसीका सम्बन्धमा र विविध विषय छलफल हुने अन्य एजेन्डा हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org