नेकपा स्थायी कमिटी बैठकमा गएनन् प्रधानमन्त्री ओली
काठमाडौं । विभिन्न सात एजेण्डा तय भएपछि बसिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको दोस्रो दिनको बैठकमा प्रधानमन्त्री तथा पार्टीका एकजना अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्।
प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कार्यव्यस्ताका कारण प्रधानमन्त्री उपस्थित हुन नसकेको बताए। ‘उहाँ अहिले आफ्नो कामको व्यस्तताले बैठकमा उपस्थित हुन सक्नुभएको छैन’, थापाले भने, ‘तर उहाँ जतिबेला पनि बैठकमा आउन सक्नुहुन्छ।’ ओली अनुपस्थित भए पनि बालुवाटारमा स्थायी कमिटी बैठक भने जारी रहेको छ।
एमसिसी, सरकारको कामको समीक्षा र पार्टी एकीकरणसहितका विभिन्न एजेण्डामा आजदेखि स्थायी कमिटी सदस्यहरुले बोल्ने कार्यतालिका तय भएको थियो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै जारी स्थायी कमिटी बैठकमा कार्यव्यस्तता कारण देखाउँदै ओली अनुपस्थित भएका हुन्। पहिलो दिन बुधबारको बैठकमा अर्का अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग ओलीको चर्काचर्की परेको थियो।
ओलीले त्यसबेला सरकारले चौतर्फी राम्रो काम गरिरहेको बताएका थिए भने प्रचण्ड र नेपालले कडा आलोचना गरेका थिए। प्रचण्डले ओलीले अहिले कपटी राजनीति गरेकाले आफूले विगतका सम्झौताबाट पछि हट्नु गल्ती भएको बताएका थिए। वरिष्ठ नेता नेपालले ओलीका कुरा पटक पटक सुन्दा सुन्दा कान थाकिसकेको भन्दै कटाक्ष गरेका थिए। नेता नेपालले सरकारको असफलता हेर्न आफूसँगै सडकमा निस्किन ओलीलाई चुनौती दिएका थिए।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...