ताजा समाचार

साउन ७ सम्म यथास्थितिकै लकडाउन, अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय

काठमाडौं । सरकारले आंशिकरूपमा खुलाइएको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बतायो।

गत चैत ११ गतेदेखि जारी लकडाउन असार १ देखि खुकुलो बनाइएको छ।

जसअनुसार निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन्। सीमित बजार पसलहरु सञ्चालन भए पनि भीडभाड हुने सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरु बन्द अवस्थामा छन्।

सार्वजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाई उडान बन्द छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org