ताजा समाचार

कोरोना संक्रमित डेढ महिने शिशुको मृत्यु

काठमाडौं ।  कोरोना भाइरस ( कोभिड १९) बाट नेपालमा थप एकको मृत्यु भएको छ।

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु भएको हो। घाँटीमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि थियो।

उनको हिजो बेलुकी अस्पतालमा नै मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बताए। उनले भने  ‘शल्यक्रिया गरिएको र उपचारमा हुँदा हुँदै हिजो बेलुकी निधन भयो।’ उनका बुवा, आमा र फुपूमा कोरोना संक्रमण परीक्षण गर्न नमुना संकलन गरी पठाइएको छ।

म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org