नेकपा बैठक फेरि स्थगित, ओलीले मागे थप समय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ ।
सहमति जुट्न नसकेको नेताहरुले बताइरहेको बेला शनिबारका लागि तय भएकाे बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न राजी भएका हुन् । प्रधानमन्त्री ओलीले गत आइतबार दिएको विवादास्पद अभिव्यक्तिका कारण नेकपाभित्र विवाद उग्र बनेको छ ।
ओलीले आफ्नो सरकार ढाल्न भारत र पार्टीकै नेताहरुको चलखेल बढेको अभिव्यक्ति दिएपछि जारी स्थायी समिति बैठकमा ओलीको चर्को आलोचना भएको थियो भने उनको प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा माग भएको छ ।
यही विवादका कारण ओली एकातिर र अर्का अध्यक्ष प्रचण्डसहितका सचिवालयका ६ नेता अर्कातिर भएका छन् । पार्टीभित्र विवाद उग्र रुप लिँदै विभाजनको रेखा कोरिँदै गएको सन्दर्भमा नेताहरुबीच सहमतिको प्रयास भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
स्थायी समितिले प्रचण्ड र ओलीलाई छलफलबाट निष्कर्ष निकाल्न जिम्मेवारी दिएपनि समाधान निस्कन नसकेको समाचार आएका छन् ।
शुक्रबार सहमतिको प्रयासस्वरुप भएको छलफलमा ओलीले आफूले कुनैपनि पद नछोड्ने बरु पार्टी नै फुटाउने अडान राखेका छन् ।
ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माबीच बालुवाटारमा भएको छलफलमा प्रचण्डले विविध कारण देखाउँदै दुवै पद छोड्न आग्रह गरेका थिए ।
बालुवाटारमा ओलीसँगको भेटवार्तापछि आफ्नै निवास खुमलटारमा केही सचिवालयका नेताहरुलाई बोलाएर प्रचण्डले भेटवार्ताबारे ब्रिफिङ गरेका थिए । त्यसक्रममा उनले कुनै सहमति हुन नसकेको नेताहरुलाई बताएका थिए ।
वरिष्ठ नेता झलनाथ खनाल खनालका अनुसार ओलीले दुवै पदबाट कुनैपनि हालतमा राजीनामानदिने बरु पार्टी विभाजन गर्ने कुरा राखेका छन् ।
नेताहरुबीच विवाद कायमै रहेका बेला प्रम ओलीले थप समय मागेका हुन् ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...