ताजा समाचार

मन्त्रीहरुलाई ७ बजे बालुवाटार बोलाइयो, प्रधानमन्त्री पुगे शितल निवास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

नियमित भेटवार्ताका लागि शीतल निवास पुगेको बालुवाटार स्रोतले जानकारी दियो ।

“सरकारका कामका विषयमा जानकारी गराउन राष्ट्रपतिकहाँ जानुभएको हो,” स्रोतले भन्यो ।

यसैबीच प्रधानमन्त्रीले साँझ ७ बजे मन्त्री र राज्यमन्त्रीहरूलाई बालुवाटारमा बोलाएका छन् । मन्त्रिपरिषद् बैठकका लागि नभइ सामान्य छलफलका लागि बोलाएको एक मन्त्रीले जानकारी दिए ।

“मन्त्रिपरिषद् बैठक भनेर जानकारी आएको छैन । छलफलको लागि बोलाइएको होला,” उनले भने ।

पार्टीभित्र सङ्कट गहिरिँदै गएपछि प्रधानमन्त्री नियमित परामर्शमा छन् । मन्त्रीसँगको भेटघाट, छलफल त्यसैको निरन्तरता भएको ती मन्त्री बताउँछन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org