ताजा समाचार

काठमाडौं उपत्यकामा ५४ कोराना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा  ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा  ललितपुरमा २०, भक्तपुरमा १० र काठमाडौंमा २३ जनाा कोरोना देखिएको उनले जानकारी दिए ।

उनले त्रिवि शिक्षण अस्पतालमा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एकजनामा कोरोना देखिएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org