ताजा समाचार

सभामुख अग्नि सापकोटाको आँखाको शल्यक्रिया

उपचारले खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख स्वयमले व्यहोरे

काठमाडाैँ । सभामुख अग्नि सापकोटाको आँखाको शल्यक्रिया गरिएको छ।

सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको उनका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिए।

काठमाडौंको तिलगंगा आँखा अस्पतालमा डा. सन्दुक रुइतको टोलीले उनको दायाँ आँखाको शल्यक्रिया गरेको हो।

सापकोटाको दायाँ आँखामा समस्या देखापरेकाले शल्यक्रिया गरिएको न्यौपानले बताए।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयमले व्यहोरेको उनले बताए।

शल्यक्रियापछि सभामुख सापकोटा आराम गरिरहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org