ताजा समाचार

ट्याक्सी सञ्चालन गर्न सरकारलाई विकास समितिको निर्देशन

काठमाडौं । विकास तथा प्रविधि समितिले ट्याक्सी चलाउन दिन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिले व्यवसायी मारमा परेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो वातावरण बनाउन निर्देशन दिएको हो ।

समितिको बैठकमा यातायात व्यवसायीहरुलाई आमन्त्रित गरिएको थियो । व्यवसायीको गुनासो सुनेपछि संसदीय समितिले यस्तो निर्णय गरेको हो ।

समितिको निर्देशनमा भनिएको छ, “विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीएमसी) ले तयार पारेका मापदण्डहरु पूरा गरी सरकारले लकडाउनकै अवधिमा पनि केही पेसा व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतज्ञावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।”

लकडाउनका कारण यातायात क्षेत्र सर्वाधिक प्रभावित क्षेत्रमध्ये एक हो । अहिले सार्वजनिक सवारी ठप्प छन् । जसका कारण व्यवसायी मारमा परेका छन् ।

एकातिर आय गुमेको र अर्कोतिर बैंकको किस्ता तिर्नुपर्ने कारण उनीहरु मुस्किलमा परेको गुनासो गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org