ताजा समाचार

सिन्धुपाल्चोकमा पहिरो : २३ जना बेपत्ता, दुईजनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकमा गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा सिँगो गाउँ नै क्षति पुर्‍याएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुमा गएको पहिरोमा परेर अहिलेसम्म २३ जना बेपत्ता भएका छन् । बाढी र पहिरोमा परी दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबु छोरी रहेको बताइएको छ ।

जबमु निवासी निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव फेला परेको बाह्रबिसेकी उपमेयर सुशीला पाख्रिनले जानकारी गराइन् ।

ठाउँ–ठाउँमा बाटो बगाउँदा रेस्क्युमा कठिनाइ भयो, प्रहरी घटनास्थल पुगिसकेको छ
सिन्धुपाल्चोकका एसपी प्रज्ववल महर्जनका अनुसार अहिलेसम्म २३ जना बेपत्ता छन् । जम्बुमा मात्रै १९ जना बेपत्ता छन् । खाँदखोल र जम्बुमा गरेर २३ जना बेपत्ता भएका हुन् ।  उपमेयर पाख्रिनका अनुसार केही घरभित्रै पुरिएको आशंका गरिएको छ भने केहीलाई पहिरोले बगाएको हुन सक्ने आशंका गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org