ग्लोबल आईएमई बैंकका सीईओ कुँवरले दिए राजीनामा, कामुको जिम्मेवारी ढकाललाई
काठमाडाैँ । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परशुराम कुँवरले पदबाट राजीनामा दिएका छन् ।
उनले व्यक्तिगत कारण देखाएर राजीनामा दिएकाे बैंक सञ्चालक समिति स्रोतले बताएकाे छ ।
उनी गत २० मंसिरमा तत्कालीन जनता बैंकसँग मर्ज भएपछि ग्लोबल आईएमई बैंकको सीईओ बनेका थिए । दुवै बैंक मर्ज हुँदा सञ्चालक समिति अध्यक्ष ग्लोबल बैंककाे रहने र सीईओ जनता बैंककाे रहने समझदारीअनुसार नै उनी साे पदमा रहेका थिए ।
सोही समझदारीअनुसार अहिले ग्लोबल आईएमई बैंकको सञ्चालक समिति अध्यक्षमा चन्द्रप्रसाद ढकाल छन् ।
सीईओ कुँवरले दिएकाे राजीनामा असार मसान्तदेखि लागू हुने गरी आजै स्वीकृत भएको सञ्चालक समिति स्रोतले जानकारी दिएको छ । सीईओ कुँवरले राजनीनामा दिएपछि कामु सीईओको जिम्मेवारी डेपुटी सीईओ महेश ढकाललाई दिने निर्णय भएको छ ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...
-
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...