ताजा समाचार

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं । कोरोनाका कारण नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३६ पुगेको छ ।

केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ पुगेको हो ।

काठमाडौंको गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । मिर्गौलाका बिरामी उनको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।

“स्वासप्रश्वासमा समस्या रहेकाले कोरोनाको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो,” केएमसी अस्पतालका निर्देशक डा. मुकुन्दराज जोशीले भने, “नेपाली सेनाको टोलीले शनिबार विहान उनको शव व्यवस्थापनका लागि लगेको छ ।”

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । ८ हजार ११ जना निको भइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org