ताजा समाचार

बालाजु वृत्तका इन्स्पेक्टरलाई कोरोना संक्रमण, मुद्दा शाखा सिल

काठमाडौं । महानगरीय प्रहरी वृत्त बालाजुका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा कोरोना संक्रमण देखिएपछि मुद्दा शाखा सिल गरिएको छ ।

उनी वृत्तको मुद्दा शाखामा कार्यरत थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार संक्रमित इन्स्पेक्टर काठमाडौंमा विदेशबाट आएका नेपाली राख्‍ने होल्डिङ सेन्टरमा ड्युटीमा कार्यरत एक प्रहरी असईको सम्पर्कमा थिए ।

ती असई पनि वृत्त बालाजुको मुद्दा शाखामै कार्यरत थिए । केही दिनअघि ती असईमा पनि कोरोना संक्रमण देखिएको थियो ।

एसएसपी ज्ञवालीका अनुसार संक्रमण देखिएको इन्स्पेक्टरलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको आइसोलेसनमा राखिएको छ । वृत्तका कार्यरत अन्य प्रहरीको कोरोना रिपोर्ट भने नेगेटिभ आएको ज्ञवालीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org