ताजा समाचार

ऐश्वर्या राय र जया बच्चनको कोरोना रिपोर्ट नेगेटिभ

एजेन्सि । अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि भएपछि अभिनेत्री ऐश्वर्या राय बच्चन र जया बच्चनको कोरोना परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ।

अमिताभको रिपोर्ट पोजेटिभ आएपछि पूरै परिवार र कर्मचारीको परीक्षण गरिएको परीक्षणमा ऐश्वर्या र जयाको रिपोर्ट भने नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। परिवारका अन्य सदस्य र कर्मचारीको रिपोर्ट भने आउन बाँकी रहेको छ।

कोरोना संक्रमण भएपछि अमिताभ र अभिषेक मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org