ताजा समाचार

सांसद गाैतमद्वारा संखुवासभा बाढीपहिरोमा ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त

बाढीपहिरो पिडितको उद्दारमा जुट्न आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गाैतमले संखुवासभामा  बाढी पहिरोबाट ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले मृतकमा श्रद्धान्जली, घाइतेको स्वास्थ्य लाभको कामना तथा बेपत्ताको उद्दारमा सक्रिय सहभागिता जनाउने प्रतिबद्दता ब्यक्त गरेका छन् ।

केही दिनदेखि  परेको अविरल वर्षाको कारण देशको विभिन्न ठाउँमा बाढी पहिरोबाट ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् भने घाइतेको सिघ्र स्वाथ्य लाभको कामना समेत गरेका छन् । उनले बाढी पहिरोमा परि बेपत्ता भएकाहरुको यथासिघ्र खोजीमा जुट्न सम्पूर्णमा आग्रह गरेका छन् ।

सांसद गाैतमले बाढी पहिरो प्रभावितको उद्धार र राहत व्यवस्थापनमा गृहमन्त्रालयको तर्फबाट सम्बन्धित सबै प्रदेश सरकारसँग समन्वय गरिरहेको जानकारी  समेत दिएका छन् ।

उनले बाढी पहिरो प्रभावितको लागि राहत उद्धार र उपचार व्यवस्थित रुपले अगाडी बढाउने समेत बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org