ताजा समाचार

बाढीपहिरोबाट देशभर ८० जनाको मृत्यु, ५१ बेपत्ता, ५० घाइते

काठमाडौं । गृहमन्त्रालयले जेठ ३१ यता बाढी पहिरोमा परी ८० जनाको मृत्यु भएको जनाएको छ ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा गृहसचिव महेश्वर न्यौपानेले बाढी पहिरोबाट भएको क्षतिको विवरण जानकारी गराएका हुन् ।

उनका अनुसार बाढी पहिरोबाट ८० जनाको मृत्यु र ५१ जना बेपत्ता र ५० घाइते, १३४ घरमा क्षति भएको छ । उनले बाढी पहिरोले क्षति पुर्‍याएका ४ वटा कारण भएको पनि बताए ।भूगोल, पहाडको माटोको अवस्था पनि बाढी पहिरोको कारण रहेको उनले बताए । भूकम्पले ठाउँ ठाउँमा चिरा परेको र ती ठाउँमा पानी पर्नासाथ त्यसको असर देखिएको । यस वर्ष प्रिमनसुन भएकाले पछि पानी पर्दा पहिरो गएको भन्दै उनले डोजर इन्जिनियरका कारण पनि पहिरो आएको बताए ।

त्यस्तै उनले सरकारी खर्चमा हेलिकप्टर राहतका लगि मात्र उडेको पनि जानकारी गराए । संसदमा प्रतिनिधित्व गर्ने सोही क्षेत्रका सांसदलाई लगिएको भने उनले स्वीकार गरे । सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकमा निजी प्रयासमा गएको पनि जानकारी गराए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org