ताजा समाचार

मेलम्ची सुरुङको गेट फुट्दा गाडीसहित दुईजना बेपत्ता

काठमाडाैँ । मेलम्ची खानेपानी आयोजनाको परीक्षणका क्रममा रहेको सुरुङको गेट फुट्दा दुईजना बेपत्ता भएका छन्।

मंगलवार दिउँसो १ बजे सुरुङको गेट फुटेपछि निस्केको पानीले आयोजनाका सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिश गोहितलाई बगाएर बेपत्ता बनाएको हो।

गेट फुटेपछि सुरुङमा भरिएको पानीले  बा १ झ ८७६४ नम्बरको एउटा हाइलक्स गाडीसमेत बगाएको छ। सुरुङ परीक्षणको क्रममा १७ नम्वर गेटमा समस्या आएको थियो। निरीक्षणका क्रममा रहेका चारमध्ये दुईजना र गाडी बगाएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

महर्जनका अनुसार गाडीको केही अंश खोलामा देखिएको छ। गाडी झिक्ने काम भइरहेको छ । गत साताबाट मात्रै मेलम्चीको पानी काठमाडौं लैजाने सुरुङमा परीक्षण थालिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org