ताजा समाचार

भोलिदेखि अर्को बैंकको एटिमबाट रकम निकाले शुल्‍क लाग्‍ने

काठमाडौं । अबदेखि अन्तर बैंकको एटिमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ।

बुधबार एक सूचना निकाली  नेपाल बैंकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था भोलिदेखि एउटा बैंकको एटीमबाट अर्को बैंकको एटिमबाट रकम निकाल्दा शुल्क लिने जनाएको छ।

लकडाउनको कारण बैंक तथा वित्तीय संस्थाहरुले अन्तर बैंकको एटिएम सुविधाबाट नि:शुल्क पैसा निकाल्ने व्यवस्था गरेको थियो। सरकारले लकडाउन खुकुलो बनाएसँगै आवातजावत खुकुलो र बैंक खुकुलो भइसकेको अन्तर बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने बैंकर्स संघसहित अन्य दुई संस्थाले निकालेको सूचनामा उल्लेख छ।

‘कति शुल्क लाग्ने यो सबै नेपाल क्लियरिङ हाउसले गर्ने ‘विज्ञप्तिमा भनिएको छ,’ विद्युतिय कारोबारबाट गर्ने कारोबार गर्दा पनि शुल्क लाग्नेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org