ताजा समाचार

चोर भनेर टोलवासीले पिट्दा काठमाडौंमा एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा स्थानीयको कुटाइबाट एकजनाको मृत्यु भएको छ ।

टोलवासीले रक्सी खाएर आएको व्यक्ति चोरी गर्न गाउँ छिरेको भन्दै कुटपिट गरेका थिए । प्रहरीका अनुसार गएराति १ बजेको समयमा चोर भन्दै टोलका व्यक्तिहरुको कुटाइबाट रसुवा घर भइ हाल कपुरधारा बस्दै आएका छिरिङ तामाङ मृत्यु भएको हो ।

कुटपिटबाट रसुवाकै दोर्जे तामाङ घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार मृतक तामाङ र उनका एकजना साथी मध्यरातमा मदिरा सेवन गरेर सो क्षेत्र पुगेका थिए ।

एसएसपी ज्ञवालीले भने,“उनीहरु गोलढुङ्गामा पुग्दा कुकुर भुकेछ । कुकुर भुकेपछि उनीहरुले घरबेटीलाई गाली गर्न थालेछन् । त्यही क्रममा चोर भन्दै टोलका व्यक्तिहरुले आक्रमण गरे । आक्रमणमा छिरिङको मृत्यु भयो । उनीहरु चोर्न पुगेका थिए वा अरु कारण थियो, अनुसन्धान गर्दैछौं ।”

घटनाबारे अनुसन्धानका लागि दुईजनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको ज्ञवालीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org