ताजा समाचार

एक सय एकजना संक्रमित थपिए, संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभर २७ वटा प्रयोगशालामा चार हजार ६ सय ८८ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो। पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै घटेर दैनिक ७० को संख्यामा आइसकेकोमा पुन: यो संख्या बढ्‍न थालेको हो।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ४ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार शुक्रबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या २ सय ८५ छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ५३५ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org