ताजा समाचार

साझा बस चढ्नेले पाँच नियम अनिवार्य पालना गर्नैपर्ने

उपत्यकामा साझा यातायातका बस चढ्नेले पाँचवटा नियम अनिवार्य रुपमा पालना गर्नुपर्ने भएको छ।

कोभिड १९ बाट बच्न यात्रुले पाँच नियम पालना गर्नुपर्ने साझाले जनाएको हो।

साझाले व्यक्तिगत दूरी कायम नहुने गरी बसभित्र भीड गरिएमा बसको चालकले बसअगाडि नबढाउने बताएको छ।

कोभिड १९ को समयमा सार्वजनिक यातायातमा सरकारले तोकेको मापदण्डअनुसार व्यक्तिगत दूरी राख्दै साझाले बस सेवा सुरु गरेको हो।

यी हुन् यात्रुले मान्नुपर्ने ५ नियम
१. बसमा यात्रा गर्दा यात्रुहरुले व्यक्तिगत सुरक्षाको लागि अनिवार्य रुपमा मास्क लगाउनुपर्ने सेनिटाइजर र पञ्जा प्रयोग गरेको हुनुपर्नेछ।

२. यात्रुहरुले बस चढ्दा र ओर्लिँदा व्यक्तिगत दूरी कायम गर्नुपर्नेछ।

३. यात्रुहरुले बस चढ्दा तोकिएको भाडादरअनुसार खुद्रा पैसाको बन्दोबस्त आफैँले गर्नुपर्नेछ।

४. यात्रुहरुले व्यक्तिगत दूरी कायम गरी यात्रा गर्दा बसको तोकिएको सिटमा बसी यात्रा गर्नुपर्नेछ।

५. यात्रुहरुको कारण व्यक्तिगत दूरी र सरकारको सुरक्षा मापदण्ड पूरा नभएको अवस्थामा बस अगाडि बढाइनेछैन। यसको जवाफदेही यात्रु स्वयं हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org