ताजा समाचार

अवैध रूपमा नेपाल छिर्ने भारतीय र सशस्त्रबीच झडप, सशस्त्रद्वारा हवाई फायर

काठमाडाैँ । झापाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रवेश गर्न खोज्ने समूह र सुरक्षाकर्मीबीच झडप भएको छ ।

झापाको गौरिगञ्ज–५ को सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका करिब ४०–५० जनाको समूहमा रहेका भारतीय नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक्ने क्रममा झडपको अवस्था सिर्जना भएको हो ।

उनीहरुलाई रोक्ने सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी गएपछि तनाव भएको हो । अवैध रुपमा पस्न खोजेका उनीहरु सशस्त्र प्रहरीमाथि जाइलागेका थिए ।

झडपका क्रममा सशस्त्र प्रहरीका केही जवानको पोशाक च्यातिएको छ । सशस्त्र प्रहरीले भिडलाई नियन्त्रणमा लिनका लागि चार राउण्ड हवाई फायर गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org