ताजा समाचार

भान्जा अपहरण गरेर हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ

काठमाडाैँ । आफ्नै भान्जाको अपहरण गरी हत्या गरेको आरोपी १३ वर्षपछि पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले भारतको मुजफ्फरपुरका ४५ वर्षीय राजेशकुमार गुप्तालाई पक्राउ गरेको हो ।

महाशाखाको टोलीले उनलाई सर्लाहीको मलंगवा– ८ गोरखकाली भन्ने ठाउँबाट पक्राउ गरिएको महाशाखाका एसएसपी दीपक लामाले बताए ।

अभियुक्तले दुई लाख ५० हजार फिरौती मागेका थिए  । पछि दुई लाखमा कुरा मिलेको थियो । यद्यपि अभियुक्त आफैँले फिरौतीबापतको दुई लाख रुपैयाँ त्रिभुवन पार्कबाट लिएर गएको एसएपी लामाले बताए ।

शव व्यवस्थापनपछि छठ मान्न जान्छु भनेर उनी भारत गएको र उतै बसेको उनले बताए ।

घटनामा संलग्न धादिङका विष्णु सुनारलाई प्रहरीले सोही वर्ष मंसिर १२ गते पक्राउ गरेको थियो ।

उनकै बयानका आधारमा गुप्ताको खोजीकार्य जारी रहेको थियो ।

२४ असार ०६४ मा  खिचापोखरी बस्ने रोहित गुप्तालाई उनले अपहरण गरी हत्या गरेका थिए । मृतकको शव तीन दिनपछि मात्रै फेला परेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org