खुमलटार भेलाको निष्कर्ष- विचार तय नभइ महाधिवेशन असम्भव !
काठमाडौं । नेकपाका पूर्वमाओवादी केन्द्र तर्फका स्थायी कमिटी सदस्यहरूले विचार तय नभइ एकता महाधिवेशन सम्भव नभएको निष्कर्ष निकालेका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूनिकट स्थायी कमिटी सदस्यहरूलाई आइतबार खुमलटार बोलाएर छलफल-परामर्श गरेका थिए । भेलामा लेखराज भट्टबाहेक पूर्वमाओवादी केन्द्र समूहका सबै स्थायी कमिटी सदस्य उपस्थित थिए । उनीहरूले पार्टी एकता बचाउन र अहिले देखिएको गतिरोधको निकास पहिलो वरीयताको अध्यक्ष भएकाले केपी ओलीले नै दिनुपर्ने निकालेका छन् ।
“पार्टी अध्यक्ष, प्रधानमन्त्री भएकाले केपी ओलीले नै निकासका लागि पहल गर्नुपर्छ । भूमिका खेल्नुपर्छ । प्रचण्डको भूमिका पनि आउला,” भेलामा सहभागी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, “छिटोभन्दा छिटो बैठक टुंग्याएर समस्या समाधानतिर अघि बढ्नुपर्छ ।”
आज प्रचण्डले सुझाव माग्न खुमलटार (निवास) बोलाएका थिए । भेलामा सहभागी अधिकांशले एकता बचाउने, विकास गर्ने, निष्कर्षमा पुर्याउने मुख्य दायित्व ओलीकै भएको बताएको गजुरेलले बताए । सदस्यहरूले वैचारिक कार्यदिशा तय नभइ महाधिवेशनमा जानुको औचित्य नरहेको बताएको उनको भनाइ थियो ।
“पूर्वएमाले जनताको बहुदलीय जनवादमा अडिने, पूर्वमाओवादी एक्काइसौं शताब्दीको जनवादतिर अडिने हो भने पछाडि फर्कने कुरा हुन्छ । एकता अगाडि बढ्नका लागि हुन्छ । अहिलेको सन्दर्भमा ती पुराना विचार हुन् । अहिलेको यथार्थलाई आत्मसात् गरेर समाजवादको आधार तयार गर्न नयाँ कार्यदिशा तय गर्नुपर्ने हुन्छ । त्यसबारे बहसै सुरु भएको छैन । मङ्सिरमा महाधिवेशन सम्भव छैन । हामीले चैतमा गर्ने भनेकै छैनौ । वर सार्ने हो भने पहिले विचार टुङ्ग्याउँ भनेर हामीले सुझाव दियौं,” गजुरेलले भने ।
उनले जारी स्थायी कमिटी (असार १० गतदेखि सुरु भएको र भोलिसम्मका लागि स्थगित भएको) बैठक छिटो सक्न सुझाव दिएको बताए । बाढी, पहिरोको प्रक्रोप बढेको, उद्धार, राहतको काममा कार्यकर्ता परिचालन गर्नुपर्ने बेलामा सधैँ बैठकमा अल्झिएर बस्न नहुने विचार अधिकांशले राखेको पनि गजुरेलको भनाइ छ ।
“हामीले बैठक छिटो सक्न भनेका छौं । दुई अध्यक्षले पार्टी एकतालाई बचाउन र सुदृढ तुल्याउन भूमिका खेल्नुहोस् भनेर पनि सुझाव दिएका छौं,” उनले भने ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...