ताजा समाचार

मोरङको कटहरीमा एक ट्र्याक्टर गोलिया बरामद

विराटनगर ।  मोरङको कटहरीबाट ठूलो परिमाणमा प्रहरीले काठ बरामद गरेको छ ।

गएराति कटहरी गाउँपालिका ४ राम चोकमा को.२त ३२४८ नम्बरको ट्र्याक्टरमा लोड गरी ल्याइँदै गरेको अवस्थमा अवैध काठको गोलिया बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चोरी गरी विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङ तथा सीआरभी टोली कटहरीले काठ बरामद गरेको हो ।

कटहरी गाउँपालिका २ मा रहेको आदर्श टोलबाट मोरङ रंगेली नगरपालिका ३ का  २७ वर्षीय चालक मेघनाथ मण्ड, विराटनगर ६ रामपुर बस्ने वर्ष २० को सह–चालक ओमप्रकाश कुमार यादवलाई ट्र्याक्टरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसबारे आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङमा बुझाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org