ताजा समाचार

बाढीका कारण धादिङमा पृथ्वी राजमार्गको पुल भत्कियो

काठमाडौँ । भारी वर्षासँगै आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० मा पृथ्वी राजमार्गको सडक भत्काएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० मा पृथ्वी राजमार्गको भत्किएको सडक ।
चितवन र धादिङ जोड्ने मौवा खोला पुलको धादिङपट्टी पर्ने सडक बाढीले भत्काएको बेनीघाट रोराङ-१० का वडाध्यक्ष अम्बर गुरुङले बताए ।

उनका अनुसार मौवा खोलाले पुलको छेउपट्टी कटान गरेकोले यातायात अवरुद्ध छ । उनले टेलिफोनमार्फत कान्तिपुरलाई भने, ‘सडक नै बगाएको छ । मान्छेसमेत ओहोरदोहोर गर्नसक्ने अवस्था छैन । गाडी गुड्ने त कुरै छाडौं !’

पहिरोले वडाध्यक्ष गुरुङको ३ वटा घर बगाएको छ भने त्रिशुलीपट्टीका घरहरु जोखिममा परेको छ । उनले भने, ‘पानी रोकिएको छैन । यहाँका स्थानीय के गर्ने र कसो गर्ने भनेर अत्तालिएका छन् । किरानाका सामानहरु सुरक्षित ठाउँमा सार्न थालिएको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org