ताजा समाचार

पृथ्वी राजमार्गमा बाढीको बितण्डा ! (फोटो फिचर)

काठमाडाैँ । पृथ्वी राजमार्ग अन्तर्गतको धादिङको बेनिघाट रोराङ गाउँपालिकाको  मौवा खोला पुल भत्किँदा राजमार्ग नै अवरुद्ध भएको छ।

चितवन र धादिङको सीमामा रहेको उक्त पुल भत्किएसँगै काठमाडौंसँगको सवारी सम्बन्ध पनि टुटेको छ। त्यस्तै योबाहेक धादिङमा अन्य दर्जनभन्दा धेरै ठाउँमा सडकमा पहिरो खसेको प्रहरी कार्यालय गजुरीले जनाएको छ।

धादिङमा बाढीले क्षति भएको ठाउँ पन्छाउन अहिले सडक डिभिजन कार्यालयले डोजरहरूको प्रयोग गरेको छ। लगातार पानी परिरहेकोले समस्या भएको बताइएको छ। धादिङको जुवाङ खोलामा आएको बाढीले पनि धेरै क्षति गरेकाे छ।

हेर्नुहोस् फोटोफिचर ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org