ताजा समाचार

उपत्यकामा ९ सहित थपिए १ सय ५० जना कोरोना संक्रमित

काठमाडौँ  मुलुकभर थप १ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय ५० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् । उनका अनुसार २४ घन्टामा २७ वटा प्रयोगशालामा ३ हजार ९६३ परीक्षण भएका छन् । उपत्यकामा काठमाडौंमा ८ र ललितपुरमा १ गरी ९ जना थपिएका छन् ।

जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा झापाका २, सर्लाहीका ३, उदयपुरका ८, इलामका २, सप्तरीका १, मोरङका ३, धनुषाका २९, महोत्तरीका १३, पर्साका २, चितवनका ५, मकवानपुरका ५, काभ्रेपलाञ्चोकका १, रामेछापका २, कैलालीका ४, काठमाडौंका ८, महोत्तरीका १, नुवाकोटका १, ललितपुरका १, गोरखाका ३, म्याग्दीका ३, स्याङ्जाका ३, बागलुङका ३, नवलपरासीका १, बाँकेका ३, दाङका ३, दैलेखका १०, सल्यानका २, डोटीका ४, बझाङका ४ र कञ्चनपुरका २० जना रहेका छन् ।

मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख २३ हजार ८३५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ७०४ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ४७७ जना रहेको छ ।

२४ घन्टामा ६०९ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा देशभरबाट ६०९ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या १२ हजार ७७७ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org