ताजा समाचार

धरानमा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको निधन भएको छ।

मंगलबार राति ७ बजे महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिए। प्रतिष्ठानमा आउदा नै सिकिस्त अवस्थामा रहेका ती वृद्धलाई शुरुमा आइसियुमा राखेर उपचार गरिएको थियो। उनको पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि हिजो आइसियुबाट आइसोलेसनमा स्थानान्तरण गरिएको थियो। बिरामीमा रुघाखोकी र ज्वरो आएको थियो।

अस्पताल ल्याएको दिन उनको स्वाब परीक्षण गरीएको थियो। सोही दिन पोजिटिभ आएको उनले जानकारी दिए।  ‘उहाँ वीपीमा उपचारमा आउदा नै निक्कै सिरियस हुनुहुन्थ्यो, त्यसैले आइसियुमा राखेर उपचार भएको थियो,’प्रवक्ता डा सापकोटाले भने, ‘पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेका थियौं, निधन भयो।’ प्रवक्ता डा. सापकोटाका अनुसार साँझ नै मृतकको शवलाई महोत्तरी पठाइसकिएको छ।

‘आर्मीसगँ समन्वय गरेर शव व्यवस्थापन गर्ने भन्ने थियो,’उनले भने। यसअघि पनि सप्तरीको राजविराज निवासी एक वृद्धको पनि वीपीमा उपचारको क्रममा निधन भएको थियो। योसँगै नेपालमा कोरोना संक्रमणका कारण ४१ जनाको निधन भएको छ। यद्यपी स्वास्थ्य मन्त्रलायले भने आधिकारिक रुपमा पुष्टि गरेको छैन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org