ताजा समाचार

मेरा आदरणिय व्यक्तित्व,कम्युनिस्ट नेता बर्मन निधनले मर्माहत तुल्यायोः पूर्वसभामुख महरा

संसदमा संगै प्रतिनिधित्व गरेको स्मरण

काठमाडाैं । पूर्वसभामुख एवम् प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले  कम्युनिस्ट नेता तथा पूर्वसांसद बर्मन बुढाको निधनले मर्माहत तुल्याएको जनाएका छन् ।

एक विज्ञप्ति जारी गर्दै सांसद महराले बुढासँगै रोल्पाबाट २०४८ सालमा जनमोर्चाको तर्फबाट संसदमा प्रतिनिधित्व गरेको स्मरण समेत गरेका छन् ।

कम्युनिष्ट किल्ला भनेर चिनिने रोल्पाको निर्वाचन क्षेत्र नम्वर १ बाट बुढा र क्षेत्र नम्बर २ बाट आफूले निर्वाचन जितेर संसदमा प्रतिनिधित्व गरेको भन्दै महराले उनी एक कम्युनिष्ट आदर्श तथा अडिग र निडर व्यक्तित्व भएको जनाएका छन् ।

नेता बुढाको आज ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org