लमजुङमा पहिरोले १८ घर पुर्यो, जोखिमको आकलनले स्थानिय जोगिए
काठमाडाैँ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारी गाउँमा पहिरो खस्दा १८ वटा घर पुरिएको छ ।
जम्मा ७४ घर रहेको उक्त गाउँका सबै घरमा पहिरोले क्षति पुर्याएको स्थानीयले बताएका छन् । केही दिनदेखिको अविरल वर्षाका कारण बुधबार बिहान पौने १० बजेतिर पहिरो खस्दा गाउँलेको घर पुरिएको स्थानीय राजकुमार मिजारले बताए । उनका अनुसार मंगलबार पहिरो गएपछि २१ घरपरिवार नजिकैको स्कुलमा बस्न गएका थिए ।
मंगलबार पहिरो गएको ठाउँबाट पुन: पहिरो गएकाले घरहरु पुरिएको तर, गाउँलेहरु भने मंगलबार नै स्कुलमा सरेकाले मानवीय क्षति नभएको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रेमबहादुर बस्नेतले बताए । उनका अनुसार पहिरो खस्दै गर्दा भाग्ने क्रममा ४ जना घाइते भएका छन् । पहिरोले पुरिएका घरका सामान झिक्ने क्रममा माथिबाट पहिरो झर्न थालेपछि भाग्ने क्रममा स्थानीय घाइते भएका थिए ।
उद्धारकार्यमा खटिएका पल्लोगाउँ सेग्लेका गुमानसिंह भण्डारीका अनुसार पहिरोले घरहरु पुरिँदा घरभित्रका सामानहरु निकाल्न पाइएको छैन । स्थानीय साथै वरपरका बासिन्दा उद्धार कार्यमा संलग्न रहेको उनले बताए ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पहिरो गएको जानकारी पाउनेबित्तिकै घटनास्थल पुगेर घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको बताए ।
लमजुङका डीएसपी गंगाबहादुर थापाका अनुसार मंगलबार केही घरमा क्षति पुर्याएकोमा बुधबारको पहिरोले सिंगो गाउँमा क्षति पुर्याएको बताए । घटनास्थलमै रहेका उनले सबैजना उद्धार कार्यमा जुटिरहेकाले क्षतिको विवरण अझै आइनसकेको बताए । ‘३/४ जना घाइते छन् । हिजो स्थानान्तरण भएकाले मानवीय क्षति भने हुन पाएन,’ उनले भने ।
Comments
अरु समाचार
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
शाइन रेसुंगा बैंकलाई फेरि ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा...
-
प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने
काठमाडाैँ । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्।...